विश्‍वमा कोरोना अबस्था : मृत्यु हुनेको संख्या १५ लाख नजिक, ४ करोड ४९ लाखबढी मुक्त !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १८, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाण्डौ । विश्‍वमा हालसम्म छ करोड ४८ लाख १० हजार ८५१ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ । पछिल्लो २४ घण्टामा छ लाख २२ हजार ४४० जना संक्रमित थपिएका छन् ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा १२ हजार २४९ जनाले ज्यान गुमाएका छन् । योसँगै कुल मृत्यु संख्या १४ लाख ९८ हजार २४२ पुगेको छ । अहिलेसम्म चार करोड ४९ लाख पाँच हजार २०५ जना संक्रमणमुक्त भएका छन् । विश्‍वमा हाल एक करोड ८४ लाख सात हजार ४०४ सक्रिय संक्रमित छन् । भने एक लाख छ हजार ९२ जना गम्भीर बिरामी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस