विश्वमा कोरोना स्थिती : एकैदिन ६ लाख ६७ हजार संक्रमित थपिए, ४ करोड ५७ लाख ८२ हजारमुक्त !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २०, शनिबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ६ करोड ६१ लाख ९४ हजार ३०३ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६ लाख ६७ हजार ३६१ संक्रमित थपिएको वर्ल्डोमिटर्सले जनाएको छ ।

विश्वमा हालसम्म १५ लाख २३ हजार ३४८ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ९१२ जनाको मृत्यु भएको हो । यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक करोड ८८ लाख ८८ हजार ७३९ छ । त्यसमध्ये एक लाख ६ हजार ७१ गम्भीर अवस्थाका छन् । यस्तै संक्रमणमुक्त हुनेको संख्या चार करोड ५७ लाख ८२ हजार २१६ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस