कोरोना दोस्रो खोप मान्यता बहराईन : भ्याक्सिन सुरक्षित राख्न माइनस ८० डिग्री तापक्रम आबश्यक !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २१, आईतबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ विरुद्धको अमेरिकी कम्पनी फाइजरले निर्माण गरेको खोपलाई अनुमति दिने बहराइन दोस्रो मुलुक बनेको छ । शुक्रबार बहराइनले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर फाइजरले बनाएको कोरोना खोपलाई अनुमति दिने निर्णय गरेको हो । यसअघि गत बुधबार बेलायतले उक्त कोरोना खोपलाई मान्यता दिएको थियो ।

बहराइनको राष्ट्रिय समाचार एजेन्सी बीएनएका अनुसार उच्च जोखिममा रहेका मानिसहरुलाई फाइजरको खोप प्रदान गरिनेछ । यद्यपि बहराइनले आफूले फाइजरबाट कति खोप खरिद गरेको भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । साथै मुलुकमा खोप कार्यक्रम कहिलेबाट सुरु हुन्छ भन्ने विषयमा पनि कुनै जानकारी दिइएको छैन । यस विषयमा गरिएको प्रश्नमा बहराइन तथा फाइजर दुवैले केही जानकारी दिएका छैनन् । बहराइनको लागि तत्कालको चुनौती फाइजरको खोपलाई आवश्यक पर्ने माइनस ८० डिग्रीको तापक्रम कायम गर्नु हुनेछ । बहराइनले यसअघि नै चिनियाँ कम्पनी सिनोफर्मले निर्माण गरेको खोपलाई आपतकालीनरुपमा प्रयोगको अनुमति दिइसकेको छ । सिनोफर्मका अनुसार बहराइनमा करिब ६ हजार मानिसले यो खोप लिइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस