विदेशमा कोरोनाबाट ३ सय १ जना नेपालीको मृत्यु, झण्डै ४९ हजारमा सङ्क्रमण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २२, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २२, काठमाण्डौ । विदेशका विभिन्न ४९ देशमा कार्यरत ४८ हजार ६ सय ३९ जना नेपाली कोरोना सङ्क्रमित भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएकोे तथ्याँक अनुसार अहिलेसम्म सङ्क्रमित ४८ हजार ६ सय ३९ जना मध्ये ४४ हजार ६ सय ७१ जना निको भएका छन् । यो जम्मा सङ्क्रमितको ९१ प्रतिशत हो ।

यस्तै अहिलेसम्म विदेशका विभिन्न २० देशमा रहेका ३ सय १ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार गएको हप्ता मात्रै थप २ जना नेपालीको कोरोनाको कारण विदेशमा ज्यान गएको हो । जर्मनीमा १ र भारतमा थप १ जना नेपालीको नेपालीको कोरोना भाइरसका कारण गएको साता ज्यान गएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको ज्यान गएको पहिलो घट्ना भएको स्वास्थ्य समितिले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस