कोभिड-१९ (अपडेट) : विश्वमा ५ लाख ७८ हजार संक्रमित थपिए, थप ११ हजार ६ सयबढीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २४, बुधबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाडौ । विश्वमा कोरोना भाइरसको संक्रमणदरमा कुनै कमी आएको छैन । बितेको २४ घण्टामा थप ५ लाख ७८ हजार ६९३ जनामा नयाँ संक्रमण देखिएको छ । बुधबार यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ८५ लाख ४४ हजार ७४ पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा ११ हजार ६४१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ लाख ६२ हजार २५ पुगेको छ । अहिले १ करोड ९५ लाख ३६ हजार ९५ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ६ हजार ४०२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । ४ करोड ७४ लाख ४५ हजार ९५५ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ५५ लाख ८७ हजार ७४ पुगेको छ । अहिलेसम्म २ लाख ९३ हजार ३५८ जनाको मृत्यु भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस