कोभिड-19 : विश्वमा संक्रमितको संख्या सात करोड नाघ्यो, चार करोड ९१ लाख २८ हजार ७६ मुक्त !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २६, शुक्रबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर २६, काठमाण्डौ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड ६ लाख ७८ हजार १२४ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६ लाख ५६ हजार ५१७ संक्रमित थपिएको वल्र्डोमिटर्सले जनाएको छ । विश्वमा हालसम्म १५ लाख ८७ हजार ४३१ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४९१ जनाको मृत्यु भएको हो ।

यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक करोड ९९ लाख ६२ हजार ६१७ छ । त्यसमध्ये एक लाख ६ हजार ८१९ गम्भीर अवस्थाका छन् । यस्तै संक्रमणमुक्त हुनेको संख्या चार करोड ९१ लाख २८ हजार ७६ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस