फाइजरको कोरोना विरुद्धको खोप प्रयोग गर्न अमेरिकाले दियो अनुमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २८, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २८, काठमाण्डौ । अमेरिकाको खाद्द तथा औषधि विभागले फाइजर वायोनटेकले विकास गरेको कोरोना भाइरस विरूद्दको खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । सो विभागका २३ सदस्यीय टोलीले छानविन पश्चात अनुमति दिएको सीएनएनले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले विभागलाइ ’खोप तत्काल प्रयोगमा ल्याउन’ दबाब दिएपछि विभागले आजै अनुमति दिएको हो । यसको खोप ९५ प्रतिशत सफल मानिएको छ । कोरोनाका कारण अमेरिकामा हालसम्म करिब तीन लाख मानिसको मृत्यु भइसकेको छ । सोमवार वा मंगलवारदेखि खोपको अत्यावश्यक सेवा दिइने कुरा जनाइएको छ । यसले अमेरिकाका कोरोना संक्रमितहरूलाइ राहत दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस