पुस ४, काठमाण्डौ । विश्वमा एकैदिन सातलाख भन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात लाख दुई हजार ५८२ कोरोना संक्रमित थपिएका हुन् । यो एकैदिन सबभन्दा धेरै संक्रमित थपिने संख्यामध्येको अहिलेसम्मकै बढी हो । वर्ल्डोमिटर्सका अनुसार विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड ५९ लाख ६६ हजार ३८२ पुगेको छ ।
विश्वमा हालसम्म १६ लाख ८० हजार १८४ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १२ हजार २३० जनाको मृत्यु भएको हो । यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड १० लाख ५२ हजार ८५७ छ। त्यसमध्ये एक लाख सात हजार १३६ गम्भीर अवस्थाका छन् । यस्तै संक्रमणमुक्त हुनेको संख्या पाँच करोड ३२ लाख ४४ हजार ३२३ पुगेको छ ।