‘गरिब देशहरुले पनि छिट्टै खोप पाउँछन्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ४, शनिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस ४, काठमाण्डौ । गरिब देशहरुले पनि छिट्टै कोरोना भाइरस विरुद्धको खोप पाउने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । नयाँ वर्ष सन् २०२१ को सुरुदेखि नै कोरोना विरुद्धको खोप पठाउन थालिने डब्ल्यूएचओको दाबी छ । सबै देशले कोरोना विरुद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरुमा पनि सन् २०२१ को सुरुदेखि नै खोप पठाइने संगठनले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

महामारीका बेला पनि गरिब देशलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेभ्रिएससले बताए । डब्ल्यूएचओ र साझेदार संस्थाहरुले कोभ्याक्सलगायतका खोप छिट्टै उपलब्ध हुनसक्ने बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस