पुस ७, काठमाडौ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या सात करोड ७६ लाख ७८ हजार ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच लाख पाँच हजार ५४८ कोरोना संक्रमित थपिएका हुन् ।
वर्ल्डोमिटर्सका अनुसार विश्वमा हालसम्म १७ लाख आठ हजार ९५ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ५८४ जनाको मृत्यु भएको हो । यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड १४ लाख ३९ हजार ९४५ छ । त्यसमध्ये एक लाख ६ हजार १४५ गम्भीर अवस्थाका छन् । यस्तै संक्रमणमुक्त हुनेको संख्या पाँच करोड ४५ लाख ३० हजार १७ पुगेको छ ।