भारतमा कोरोना संक्रमण : संक्रमित १ करोड १ लाख नाघे,१ लाख ४६ हजारबढीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ९, बिहिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पुस ९ , काठमाडौ । भारतमा कोरोना संक्रमितको संख्या १ करोड १ लाख नाघेको छ । ३ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २४ हजार २३६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १ लाख २३ हजार ५४४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ९२ हजार ६१ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४६ हजार ७७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३०२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४६ हजार ७७८ पुगेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस