अर्को महामारी आउन सक्ने डब्ल्यूएचओको चेतावनी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १८, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस १८, काठमाण्डौ । विश्व स्वास्थ संगठन डब्ल्यूएचओ ले कोरोना भाइरसभन्दा प्राणघातक भाइरस विश्वमा महामारीका रुपमा फैलनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपतकालिन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले कोभिड–१९ अहिलेभन्दा भयानक हुन आवश्यक नरहेको र अर्को प्राणघातक महामारी विश्वभर फैलनसक्ने बताए । मंगलबार रायनले कोभिड–१९ महामारीलाई खतराको घण्टी भनेका छन् ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १७ लाख ९९ हजार ३ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् । यसको मृत्युदर शुन्य दशमलव ५ प्रतिशत रहेको आँकलन गरिएको छ, अर्थात् अहिलेसम्म संक्रमित २ सय जनामा एक जनाले ज्यान गुमाएका छन् । स्पेनिस फ्लु पछिल्लो सबैभन्दा घातक महामारी थियो । यसले १९१८ र १९१९ को अवधिमा ५ करोडको ज्यान लिएको थियो । युवाहरुमा मृत्युदर बढी थियो र मृत्यु हुनेमध्ये २० देखि ४० वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी थियो । यसको मृत्युदर २ दशमलव ५५ प्रतिशत थियो । यस्तै महामारी आजको समयमा आएमा खाद्यान्न क्षेत्रका कामदारहरु डरले घरमै बस्ने र सम्भावित रुपमा खाद्यान्न आपूर्ति बन्द भएर मानव सभ्यता नै सटडाउन हुने भय छ ।

ताजा अपडेट

खोजी गर्नुहोस