माघ ५, काठमाण्डौ । युरोपियन मुलुक नर्वेमा कोरोना भाइरस कोभिड–१९ विरुद्धको फाइजर खोप लगाएका २३ जनाको मृत्यु भएको छ । नर्वे न्युजका अनुसार फाइजर खोपको पहिलो डोजल लगाएको केही दिनमै उनीहरुको मृत्यु भएको हो । स्वास्थ्य अधिकारीहरुले खोपको साइड इफेक्टका कारण मृत्यु हुन हुनसक्ने बताएका छन् । खोप लगाइसकेपछि ज्वरो आउने र वाकवाकी लाग्नेजस्ता प्रतिक्रियाहरु देखिन सक्छन् । नर्वेजियन मेडिकल एजेन्सीका फिजिसियन प्रमुख सिगर्ड होर्टेमोले भने, “खोप लगाइसकेपछि देखिने सामान्य प्रतिक्रियाहरु गम्भीर हुँदै गएपछि मृत्यु भएको हुनसक्छ ।”
मृत्यु भएका १३ जना नर्सिङ होममा उपचार गराइरहेका थिए र उनीहरुको करिब ८० वर्षको आसपासका रहेका थिए । अधिकारीहरुले यसलाई गम्भीररुपमा नलिएको र खोप कसले लगाउनु हुँदैन भन्ने विषयमा जोड दिइरहेको पाइएको छ । फाइजर खोप लगाएका दुईजनाको नर्सिङ होमा मृत्यु भएको एक सातापछि खोप लगाएका २३ जनाको मृत्यु भएको बताइएको हो । डिसेम्बर अन्तिसम्म स्क्यानडेभियन मुलुक नर्वेमा २० हजारले कोरोनाविरुद्धको खोप फाइजर र मोर्डेनाको पहिलो डोज लगाएका छन् । अन्य २९ जनालाई पनि यसको साइड इफेक्ट देखिएको नर्वेजियन मेडिकल एजेन्सीले जनाएको छ । जसमध्ये २१ महिला र एक पुरुष रहेका छन् ।