आइचर दुर्घटना : धादिङ शोकमा, निलकण्ठ नगरले दियो सार्बजनिक बिदा

Post Thumbnail

माघ ८, धादिङ । बुधबार धादिङको निलकण्ठ नगरपालिकाले सार्वजनिक विदा दिएको छ । मँगलबार नीलकण्ठ नगरपालिका वडा नंबर ८ मा आइचर ट्रक पल्टिएर मृत्यु भएका ७ जना प्रति शोक प्रकट गर्दै आज बुधबार सार्वजनिक विदा दिईएको नगरपालिकाले जनाएको छ ।

घाइते र मृतकको परिवारलाई नीलकण्ठ नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत नगरपालिकाले गरेको छ । आज शैक्षिक सँस्था, कार्यालय लगायत सबै क्षेत्रमा विदा रहेको नगरपालिका प्रमुख भिमप्रसाद ढुङ्गानाले अनलाईनकेन्द्रलाई बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस