अध्यक्ष घिमिरेविरुद्धको मुद्दामा बारका तर्फबाट लिखित जवाफ पेस हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ९, शुक्रबार (६ महिना अघि)
  • ९८ पटक पढिएको
अध्यक्ष घिमिरेविरुद्धको मुद्दामा बारका तर्फबाट लिखित जवाफ पेस हुने

कात्तिक ९,काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा आइतबार लिखित जवाफ पेस हुने भएको छ । बिहीबार बसेको नेपाल बार एशोसियसनको सल्लाहकार समितिको बैठकले सर्वोच्च अदालतमा बारकै तर्फबाट लिखित जवाफ पेस गर्ने निर्णय भएको महासचिव अञ्जीता खनालले बताइन् ।

बार अध्यक्षको रूपमा घिमिरेले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएकाले व्यक्तिगत रूपमा गोपालकृष्ण घिमिरेको लिखित जवाफ पेस नहुने उनले बताइन्। उनले बारका तर्फबाट मुद्दा लड्ने गरी लिखित जवाफ पेस हुने र ९० वटा बार इकाइबाट आउने कानुन व्यवसायीले बहसका लागि वकालतनामा दर्ता गराउने तयारी गरेको उनले बताइन् ।

‘देशभरका ९० वटा बार इकाइका सदस्यहरूले सर्वोच्चमा आफूहरूले बहसका लागि वकालतनामा दर्ता गराउने जानकारी गराउनु भएको छ ’ महासचिव खनालले भनिन् ‘ त्यस्तै पूर्व अध्यक्ष र वरिष्ठ अधिवक्ताहरूले पनि बहस गर्ने भएकाले कम्तीमा एक जना जनाले बहसको तयारी गर्ने देखिन्छ ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस