सत्यनिरुपण र बेपत्ता आयोगका लागि सर्टलिस्टमा पर्ने ४० जना को-को हुन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २२, शनिबार (५ महिना अघि)
  • ७७ पटक पढिएको
सत्यनिरुपण र बेपत्ता आयोगका लागि सर्टलिस्टमा पर्ने ४० जना को-को हुन् ?

मंसिर २२,काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य हुन चाहनेहरूको छोटो सूची (सर्टलिस्ट) सार्वजनिक भएको छ ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले १५६ आवेदकमध्येबाट छानको ४० जनाको छोटो सूची सार्वजनिक गरेको हो ।जसमा ८ जना अध्यक्षका इच्छुक व्यक्ति हुन् भने अन्य सदस्य बन्न चाहने व्यक्तिहरू हुन् ।

समितिले सार्वजनिक गरेको अध्यक्षको सूचीमा अच्युतप्रसाद भण्डारी, काशिराज दाहाल, डिल्लीराज आचार्य, महेश थापा, विजयसिंह सिजापती, विश्वराज कोइराला, सुदिप पाठक र शेरबहादुर केसी रहेका छन् । भण्डारी र सिंजापतीको आवेदन अध्यक्ष र सदस्य दुवैका लागि छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले आयोगका पदाधिकारीको सर्टलिस्टबारे छलफल गरेका थिए ।

सिफारिस समितिले सार्वजनिक गरेका नामबारे उजुरी आह्वान पनि गरेको छ । प्रकाशित नामबारे पाँच दिनभित्र कानुन न्याया तथा संसदीय मामिलामा रहेको समितिको सचिवालयमा उजुरी दर्ता गर्न सकिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस