नक्कली भुटानी शरणार्थी प्रकरण: जाहेरवाला सरकारी साक्षीको वकपत्र सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख १०, बुधबार (१ हप्ता अघि)
  • ७६ पटक पढिएको
नक्कली भुटानी शरणार्थी प्रकरण: जाहेरवाला सरकारी साक्षीको वकपत्र सुरु

काठमाडौँ । नक्कली भुटानी शरणार्थी मुद्धाका जाहेरवाला सरकारी साक्षीको बकपत्र शुक्रबारसम्म सकाउने तयारी काठमाडौं जिल्ला अदालतले गरेको छ । आजसम्म १९ जना जाहेरवाला सरकारी साक्षीको वकपत्र घटना विवरण कागजात गर्ने काम जारी रहेको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए ।

बकपत्रका लागि ३५ जनाले अदालतमा उपस्थित भएर निवेदन दिएका छन् । आजसम्म १९ जनाको बकपत्र सकिएको र शुक्रबारसम्म सकेर प्रतिवादीहरुको तर्फबाट वकपत्र सुरु गर्ने तयारी अदालतले गरेको छ ।

बकपत्र चलिरहँदा मुद्धाका प्रतिवादीहरु पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, डा.ईन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल सहित २० जनाको दैनिकी हाजिरी पनि सुरु भएको छ ।

हिरासतमा रहेकाहरुलाई प्रहरीले विना हतकडी अदालतमा उपस्थित गराएको छ । उनीहरुलाई बिहान १० बजे उपस्थित गराउने र ५ बजे हाजिर गरेर पुन हिरासतका लैजाने गरिएको छ । प्रतिवादीकै रोहवरमा बकपत्र भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस