मकवानपुर उद्योग बाणिज्य संघमा प्रमोद सिंह रानाभाट विजयी

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष २८, आईतबार (३ महिना अघि)
  • ५२ पटक पढिएको
मकवानपुर उद्योग बाणिज्य संघमा प्रमोद सिंह रानाभाट विजयी

पुस २८,काठमाडौँ । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन् । ५८औं साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा रानाभाट विजयी भएका हुन् ।

आइतबार बिहान सार्वजनिक मतपरिणामअनुसार रानाभाटले १ हजार १४ मत ल्याए भने प्रतिस्पर्धी अनिल अग्रवालले ७ सय ६५ मत पाए । शनिबार भएको मतदानमा २ हजार ४६ जना मतदाता रहेकामा १ हजार ८१६ मत खसेको थियो । यसैगरी महासचिवमा रानाभाट प्यानलबाटै प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा अग्रवाल प्यानलबाट तेजराज अधिकारी, सहकोषाध्यक्षमा रानाभाट प्यानलबाट निलम वैद्य विजयी भएका छन् ।

उपाध्यक्षमा वाणिज्यतर्फ राजु अधिकारी, उद्योगतर्फ दीपक उप्रेती, एसोसिएटतर्फ उज्ज्वल चौलागाईं र वस्तुगततर्फ काव्यर्माण अधिकारी निर्वाचित भएका छन् । राजु र काव्यर्माण अग्रवाल प्यानलका हुन् भने दीपक र उज्ज्वल रानाभाट समूहका हुन् ।

सचिव पदमा कुलप्रसाद चौलागाईं दिवस पराजुलीलाई हराउँदै विजयी भए । वाणिज्यतर्फ सदस्य पदमा बालकृष्ण बजगाईं, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, र राजेन्द्र लामिछाने विजयी भए । सदस्य पदमा कृष्ण गोपाल महर्जन, जगदीश दहाल र भूपेन्द्र प्रसाद अधिकारी विजयी भए । यस क्षेत्रका महिला आरक्षण सदस्य पदमा सीतादेवी भेटवाल विजयी भइन् । उनले मेनुका श्रेष्ठलाई हराइन् ।

एशोसिएट सदस्य तर्फ अंकिता सुमार्गी विजयी
मकवानपुर उद्योग बाणिज्य संघमा प्रतिष्ठित व्यापारिक घरानाकी सदस्य अंकिता सुमार्गी विजयी भएकी छिन् । उनले ५४ अंकका साथ विजयी हासिल गरिन् । लामो समयदेखि मकवानपुरलाई उद्योगीको राजनितिमा सक्रिय सुमार्गी विभिन्न व्यवसायमा आवद्ध छिन् । सुमार्गीसंगै एशोसिएट सदस्यमा नवराज खतिवडा विजयी भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस