अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने, थाल्यो तयारी

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख ११, बिहिबार (१ महिना अघि)
  • ७७ पटक पढिएको
अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने, थाल्यो तयारी

काठमाडौं । अमेरिकी अनुदान परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बन्द हुने भएको छ । अमेरिकाले एलन मस्क नेतृत्वको सरकारी दक्षता (दज) विभागको सिफारिसमा यो परियोजना बन्द गर्न लागेको हो ।

संघीय खर्च कम गर्ने उद्देश्यले एमसीसी परियोजना बन्द गर्न लागिएको भन्दै मंगलबार विभागले कर्मचारीहरुलाई इमेलमार्फत जानकारी गराएको हो ।

सीएनएनका अनुसार आगामी मे ५ देखि एमसीसीका सबै कर्मचारी पदमुक्त हुने सम्भावना छ । एजेन्सीहरुका अनुसार एमसीसीको प्रमुख कार्यकारी अधिकृत बाहेक सबै कर्मचारीलाई अवकास दिने तयारी छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि युएसआईडी बन्द गरेपछि एमसीसीको अनुदान ९० दिनलाई निलम्बन गरिसकेको थियो ।

सन् २००४ मा विकासशील देशहरुको आर्थिक विकासमा सहयोग गर्ने उद्देश्यले स्थापित भएको एमसीसीले सरकारी संस्थानका रुपमा अनुदानबाट नेपालसहित झण्डै ४ दर्जन विकासशील मुलुकले आर्थिक विकासका विभिन्न क्षेत्रमा आफूले छनोट गरेका परियोजनामा काम गर्दै आएका छन् ।

अमेरिकाले एमसीसी परियोजनामार्फत् नेपाललाई ५० करोड डलर अनुदान दिने सम्झौता भएको छ । एमसीसी बन्द गर्ने तयारी थालेसँगै नेपालले सुरु गरेका एमसीए नेपाल अन्तर्गतका विद्युत प्रसारण लाइन तथा सडक निर्माणको काम प्रभावित हुने देखिन्छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस