शौचालयमा लडेर प्रचण्ड घाइते

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २४, बुधबार (१५ घण्टा अघि)
  • ८० पटक पढिएको
शौचालयमा लडेर प्रचण्ड घाइते

वैशाख २४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् ।

प्रचण्डको सचिवालयका अनुसार मंगलबार राति करिब १२ बजे निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा चोट लागेको हो ।

उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । हाल उनको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस