मौसम: चार किसिमको मौसमी प्रणालीले दिनभरजसो वर्षा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २४, बुधबार (१७ घण्टा अघि)
  • ५५ पटक पढिएको
मौसम: चार किसिमको मौसमी प्रणालीले दिनभरजसो वर्षा

वैशाख २४, काठमाडौं । हाल देशमा चार किसिमका मौसमी प्रणाली सक्रिय रहेको छ । पश्चिमी-स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली भई दिनभर जसो पानी पर्ने सम्भावना रहेको छ । तर प्रणाली कमजोर हुदै गएकाले मौसममा क्रमिक सुधार हुने मौसमविद्हरुले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका ‍एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना छ ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस