इन्टर मिलान युरोपियन च्याम्पियन्स लिगको फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख २४, बुधबार (१८ घण्टा अघि)
  • ५० पटक पढिएको
इन्टर मिलान युरोपियन च्याम्पियन्स लिगको फाइनलमा

 

वैशाख २४, काठमाडौं । इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । गएराति इटालीको सानसिरोमा भएको खेलमा बार्सिलोनालाई इन्टर मिलानले ४–३ ले हराउदै समग्रमा इन्टर ७–६ ले विजयी भएको हो ।

पहिलो हाफमा क्ष्न्तर मिलानले २ गोलको अग्रता लिएपनि बार्सिलोनाले दोस्रो हाफमा २ गोल फर्काउँदै खेल बराबरी‌ गरेको थियो । खेलको इन्जुरी समयमा दुवै टोलीबाट पुन गोल भएपछि खेल ३(३ को बराबरी हुँदै अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको २१ औं मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजको गोलमा घरेलु टोली इन्टर मिलानले अग्रता लियो । पहिलो हाफको इन्ज्युरी समयमा इन्टरका लागि हाकान चाल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै अग्रता दोबर पारे ।

दोस्रो हाफको १५ मिनेटमै बार्सिलोनाले खेल बराबरीमा ल्यायो । ५४ औं मिनेटमा जेरार्ड मार्टिनको क्रसमा एरिक गार्सियाले गोल गर्दै बार्सालाई खेलमा फर्काए । ६० औं मिनेटमा मार्टिनकै पासमा ओल्मोको हेडर गोल भएपछि खेल बराबरीमा आयो ।

८७ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । इन्ज्युरी समयमा इन्टरले बराबरी गोल फर्कायो । डम्फ्रिजकै पासमा फ्रान्सेस्को अचेर्बीले पहिले टचमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्यायो ।

आज हुने दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनल र पेरिस सेन्ट जर्मेन खेल्नेछन् । पहिलो लेग पिएसजीले १–० ले जितेको थियो। फाइनल मे ३१ मा हुनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस