ओली–प्रचण्डको प्रतिवदेन परिमार्जनसहित पारित, सांगठनिक एकताका लागि कार्यदल गठन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष १३, शुक्रबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति ले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

स्थायी समितिका नेताहरुले राखेको विचार र सुझावहरुलाई समेटेर परिमार्जनसहित अध्यक्षद्धयले पेश गर्नु भएको राजनीतिक प्रतिवेदन पारित गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मंसीर २९ गतेबाट सुरु भएको स्थायी समिति बैठकमा नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पु¥याउन नसकेकोभन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए ।

सोही आलोचनाको विषयलाई समेत समेटने गरी राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेताहरुको सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रतिबद्धता जनाएपछि राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।

बैठकले पार्टी संगठनहरुको एकीकरणको काम पुस मसान्त भित्र सक्ने गरी आवश्यक सुझाव पेश गर्न महासचिव विष्णु पौडेले नेतृत्वमा कार्यदल पनि बनाएको छ ।

कार्यदलमा पौडेलसहित रामबहादुर थापा बादल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुबीर महासेठ, बेदुराम भुषाल, वर्षमान पुन र लेखराज भट्ट रहेका छन् ।

कार्यदलले पार्टी संगठनको एकताबारे गृहकार्य गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस