टेलिकमको प्रवन्ध निर्देशक बन्न ११ जनाको आवेदन ! अधिकारीको सम्भावना बलियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष १३, शुक्रबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पुस १३,काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ९ जनाले मात्रै टेलिकममा प्रवन्ध निर्देशक बन्न आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राख्न पाउने भएका छन् ।

प्रवन्ध निर्देशक बन्न डिल्लीराम अधिकारी, सानउल्लाह खान, विमल आचार्य, बुद्धिप्रसाद आचार्य, गोकर्णप्रसाद सिटौला, संगीता पहाडी, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्याय, अनिल कुमार झा र रामदेव यादवले प्रवन्ध निर्देशक बन्न इच्छा देखाउँदै निवेदन दिएका छन् ।

११ मध्ये दुई जनालाई अर्को चरणको प्रस्तुतिकरणका लागि अयोग्य ठहराइएको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसिर २९ गते प्रवन्ध निर्देशक नियुक्तिका लागि लागि आवेदन माग गरेको थियो ।

अन्तिम मिति बुधबारसम्म टेलिकमभित्रबाटै सात जना कर्मचारीले आवेदन दिएका छन् । यस्तै पूर्वप्रबन्ध निर्देशक बुद्धि आचार्य पनि आकांक्षीका रुपमा देखिएका छन् ।

साउन २९ गतेको मन्त्रीपरिषदले कामिनी राजभण्डारी बर्खास्त गरेपछि टेलिकममा नेतृत्व अभाव छ ।

डिल्लीराम अधिकारीको सम्भावना बलियो

नेपाल टेलिकमको उप–प्रबन्धक निर्देशकको रुपमा रहेका अधिकारी टेलिकममा कुशल र सफल व्यवस्थापन गर्न सक्ने मान्छेको रुपमा चिनिन्छन । टेलिकम भित्र उनि कुशल र सक्षम व्यक्तित्वको रुपमा चर्चित छन । यसकारण पनि उनको सम्भावना बलियो देखिएको हो ।

टेलिकमलाई आगामी दिनमा अझै परिस्कृत र व्यवस्थित सरकारी संस्थानको रुपमा अघि बढाउन उनको नेतृत्व आवश्यक छ भन्नेहरुको संख्या बढी रहेको स्रोत बताउछ ।

टेलिकमको गुणस्तर बढाएर आम नागरिकलाई सुचना र सन्देश पुर्याउने सवाल ओली सरकारको सम्बृद्धी र विकासको नारासंग जोडिएर आउने भएकोले अधिकारीलाई टेलिकमको जिम्मा दिनु उपयुक्त हुने नेकपाका नेताहरुले पनि बताउछन ।

ताजा अपडेट

खोजी गर्नुहोस