प्रस्तावित प्रधान न्यायाधीश जबराको संसदीय सुनुवाई हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष १५, आईतबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पौष १५, काठमाडौं । सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि प्रस्तावित भएका चोलेन्द्र शम्शेर जबराविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई विशेष समितिमा आइतबारदेखि सुनुवाई सुरु हुँदैछ ।

प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध ९ वटा उजुरी परेका छन् । उनीविरुद्ध न्यायाधीशका लागि पनि योग्य नरहेको आरोपसहितका गम्भीर उजुरी परेका छन् । यसबारे आइतबार दिउँसो २ बजेपछि बस्ने संसदीय सुनुवाई विशेष समितिको बैठकमा औपचारिक छलफल हुनेछ ।

उजुरीका बारेमा समितिका सदस्यले सोध्ने छन् भने प्रस्तावित प्रधान न्यायाधीश जबराले जवाफ दिने छन् ।

जबरालाई गएको मंसिर २७ गते संवैधानिक परिषदले संसदीय सुनुवाईका लागि सिफारिस गरेको थियो । अब सुनुवाई समितिले जबराको नाम अनुमोदन गरेमा उनी प्रधान न्यायाधीश बन्ने छन् ।

यसअघि संसदीय सुनुवाई विशेष समितिले न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस