सरकारले सार्वजनिक गरेको मर्यादाक्रममा जनप्रतिनिधि हाबी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ ३, बिहिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ ३, काठमाडौं । सरकारले सार्वजनिक गरेको पछिल्लो मर्यादाक्रममा जनप्रतिनिधि हाबी भएका छन् ।

कर्मचारीमा पनि मर्यादाक्रम थपघट गरिएको छ । तेस्रो नम्बरसम्म (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) पुरानै मर्यादाक्रमलाई निरन्तरता दिइएको छ । चौथो नम्बरबाट भने परिवर्तन गरिएको छ ।

प्रधानन्यायाधीशसँगै सभामुख र अध्यक्ष

सरकारले पाँचौँ मर्यादाक्रममा रहेका प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई चौथोमा ल्याएको छ । यसअघि चौथोमा प्रधानन्यायाधीश रहँदै आएकोमा अब सभामुख र अध्यक्षलाई पनि समेटिएको छ ।

मुख्यसचिवभन्दा प्रदेश सभामुख अगाडि

प्रदेश सभामुखलाई आठौँ नम्बरमा राखिएको छ भने मुख्यसचिवलाई नवौँ नम्बरमै यथावत् राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस