माघ ७, काठमाडौं । मुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेपछि बैठक आधा घण्टालाई स्थगित गरिएको छ । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आफ्नो स्थानबाट उठेर बैठकमा अवरोध गरेका थिए ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आसन ग्रहण गर्न आग्रह गरे पनि कांग्रेस सांसदहरुले मानेनन् । प्रतिपक्षी दलबका सांसदहरु नबसेपछि आधा घण्टाको लागि संसद स्थगित गरिएको तिमिल्सिनाले घोषणा गरेका छन् ।