अध्यक्ष दाहालको स्वास्थ्यमा सुधार

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ ९, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाडौं । भाइरल ज्वरोबाट बिरामी पर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।

ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले मंगलबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराए। चिकित्सकले पूर्वप्रधानमन्त्री दाहाललाई दुईरतीन दिन घरमै आराम गर्न सुझाव दिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। चिकित्सकको सल्लाह अनुरुप अध्यक्ष दाहाल आफ्नै निवासमा आराम गरिरहेका छन् ।

यसैबीच, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार सुमेरु अस्पताल पुगी अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

अध्यक्ष दाहालले आफ्नो स्वास्थ्य अवस्थाबारे चासो राख्ने शुभचिन्तकप्रति आभार प्रकट गर्दै आफू चाँडै स्वस्थ्य हुने विश्वास व्यक्त गरेका छन् । यसैगरी तीन दिनदेखि सुमेरु अस्पतालमै उपचारत अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्यमा पनि उल्लेख्य सुधार भएको र चाडै उहाँ निवास फर्कने प्रेस संयोजक सापकोटाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस