कांग्रेसको विरोधले रोकिएन चिकित्सा विधयेक ! चर्को नाराबाजीबीच बहुमतले पारित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ ११, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ ११,काठमाडौँ । कांग्रेसको अवरोधका बीच संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक सुरु हुनासाथ नाराबाजी सहित रोष्ट्रम घेराउ गरे पनि सभामुख कृष्णबहादुर महराले विधेयक पेश गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिएका थिए ।

विधेयक पेश गर्ने अनुमति दिएलगत्तै मन्त्री पोखरेल मर्यादापालकको सुरक्षा घेराबीच रोष्ट्रममा पुगेर संसदमा विधेयकमाथि छलफल गरियोस भनेर प्रस्ताव पेश गरेका थिए ।

छलफलमा भाग लिने सांसद नभएपछि सभामुख महराले सदनमा बहुमतले शिक्षा विधेयक पारित भएको घोषणा गरेका थिए।

विधेयक पारित भैरहँदा कांग्रेसले चर्को नाराबाजी गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस