डा केसीलाई भट्टराईले भने : ‘यो जित तपाईंकै हो, अनशन त्याग्नुस्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ ११, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ ११, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पास भएसँगै डा. गोविन्द केसीको शतप्रतिशत जित भएको छ । अब डा.केसी जीन्दगीभर अनशन बस्नु नपर्ने उनको भनाई छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा सांसद भट्टराईले भने, डा. केसीलाई भन्न चाहन्छु, तपाईको सतप्रतिशत जित भएको छ । अनसनबाट निस्कनुस् खुसी मनाउनुस् ।’

‘विधेयक पास गर्ने क्रममा केही तितामिठा कुरा भएका छन्। दुनियाँका संसदीय अभ्यासको परम्परामा यस्तो हुन्छ। हामी प्रतिपक्षीको विरोधलाई सम्मान गर्छौं। सदनले उहाँहरूको विरोध गर्न पाउने अधिकारलाई रक्षा गर्छ र नेकपाले त्यसलाई सहज रूपमा लिन्छ,’ भट्टराईले भने, आधा दशकदेखि छलफल भइरहेको चिकित्सा शिक्षा विधेयक पारित हुनु चिकित्सा शिक्षा क्षेत्रमा क्रान्तिकारी फड्को हो।’

सांसद भट्टराईले कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल कुनै हालतमा विचल्लीमा नपर्ने दाबी गरे ।

भट्टराईले चिकित्सा शिक्षा विधेयकका पास भएपछि चिकित्सा शिक्षाका क्षेत्रमा क्रान्तिकारी फड्को मारेको बताएका छन् । उनले विधेयक पारित गर्दा सबै दलको सहमतिमा यो विधेयक पास हुने अपेक्षा गरिएको भए पनि त्यसको हुन नसकेको बताउँदै प्रमुख प्रतिपक्षी दलको विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने धारणा राखे । भने, ‘यो विधेयक पास गरेर नेपालका विद्यार्थी र जनतालाई फाइदा भएको छ, घाटा भएको छ भने विदेशी व्यापारीलाई भएको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस