कांग्रेस युवा नेता घिमिरे नेकपामा प्रवेश : पुरातन सोच बोकेर आम जनताका एजेन्डा त्यागेको आरोप

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ १२, शनिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १२,काठमाडौँ । नेपाली काङ्ग्रेसका युवा नेता उपेन्द्र घिमिरेले आज बाट पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका छन। लामो समय देखि नेपाली काङ्रेसको खोटाङ हुँदै विभिन्न जिम्मेवारीमा रहेर कार्यरत घिमिरे लाई खोटाङका प्रतिनिधि सभा सदस्य एबम नेकपाका केन्द्रिय सदस्य विशाल भट्टराई र युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रमेश पौडेलले आज एक कार्यक्रमका बिच भक्तपुर राधे राधेमा पार्टी प्रवेश गरेका छन।

कार्यक्रममा नव प्रवेशी उपेन्द्र घिमिरेले नेपाली काङ्ग्रेसले पुरातन सोच बोकेको र आम जनताका हितमा काम गर्ने एजेन्डा त्याग्दै गएको र गैरजिम्मेवार बन्दै गएको हुनाले अबका दिनमा नेकपामा रहेर काम गर्न पार्टी परित्याग गरेको बताए। उनी एक चर्चित ब्यवसायी समेत हुन्। कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एबम प्रतिनिधि सभा सदस्य विशाल भट्टराइले सरकारले समृद्दी अभियान मार्फत मुलुकको विकासमा नया फड्को मार्न विभिन्न कार्यक्रम अगाडि सारेको र केही समय पछाडी ब्यवहारत देखिने बताए।

उनले मुलुक निर्माण को महान अभियानमा अब सबैले आफै अग्रसरता लिनुपर्ने बताए । त्यस्तै कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रमेश पौडेलले अब सबै युवाहरु नेकपामा आबद्द भएर अगाडि बढ्नु आजको आवश्यकता रहेको बताए । साथै उनले नेपाललाई अबका केही समयमा बिकशीत नेपाल बनाउनु पर्ने राष्ट्रिय दायित्व आम युवाको रहेको बताए ।

साथै उनले अब एकैपटक दश लाख युवा लाई एक अभियान मार्फत समृद्दी अभियानमा जोड्न संघले कार्यक्रम तय गरेको बताए । कार्यक्रममा समाजसेवी एबम नेकपा का नेता गोपि न्यौपानेले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा नेकपाका युवा नेता पारुहाङ्ह राई र सञ्जिव रोकाहा को उपस्थिती रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस