माघ १३, काठमाडौं । सरकारको विरोध गरिरहेको विपक्षी दलका भातृ संगठन नेविसंघका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
आइतबार बिहान ग्रामीण आदर्श क्याम्पसमा विरोध प्रदर्शन गरिरहेका नेविसंघका कार्यकर्तालाई बालाजु प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले विद्यार्थी नेताहरु पवन थापा, सन्तोष गुरुङ, किरण भट्टराई, सुशान्त सिटौला, परोपकार अधिकारी, सुवास अधिकारी, सन्तोष अधिकारी लगायतलाई पक्राउ गरेको छ ।
सरकारको विरोध गर्दै ‘डा. केसीको जीवन रक्षा गर !’ , ‘निर्मलालाई न्याए दे !’ जस्ता नारा लगाएका कार्यकर्तालाई प्रहरीले नारावाजी गर्न सुरु गरेलगत्तै पक्राउ गरेको थियो ।