माघ १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्ववियु निर्वाचनमा चासो देखाएका छन्।
त्यसबारे विस्तृत छलफल गर्न उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, त्रिभुवन विश्वविद्यालयलका पदाधिकारी र लगायत विभिन्न विद्यार्थी संगठनका प्रमुखहरुलाई बालुवाटार डाकेर छलफल गरेका छन्।
केही घण्टादेखि बैठक जारी रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका महामन्त्री सरोज थापाले जानकारी दिए।
बैठकमा अनेरास्ववियु अध्यक्ष नविना लामा, नेविसंघ अध्यक्ष नैनसिंह महर, क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङलगायत विद्यार्थी नेताहरु सहभागी छन्। स्ववियु निर्वाचन फागुन दोस्रो साता गर्नेबारे छलफल चलिरहेको छ।