माघ १६, काठमाडौं । नेपाल सार्वजनिक क्षेत्र र राजनीतिमा भ्रष्टाचार बढ्दा सदाचारमा फेल भएको छ।
सय अंकको सदाचार पूर्णांकमा नेपालले ३१ अंक पाएको छ।
भ्रष्टाचार अवधारणा सूचकांकअनुसार ५० अंक भन्दा कम नम्बर ल्याउने देश भ्रष्टाचारी मानिन्छन्।
५० भन्दा बढी अंक ल्याउने देशलाई कम भ्रष्ट हुने मापन गरिन्छ।
संघीयता सुरु भएपछि आएको प्रतिवेदनले पदको दुरुपयोग, न्याय प्राप्तीको लागि घुस, ठेक्कापट्टा जस्ता विषयमा भ्रष्टाचार घट्न नसकेको देखाएको हो।
ट्रान्सपरेन्सी इन्टरनेशसनल (टिआई) नेपालले मंगलबार काठमाडौंमा सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपालमा भ्रष्टाचार घट्न नसकेको देखिएको हो।
१८० देश मध्ये नेपाल १२४ औँ स्थानमा छ। नेपालसहित १२३ देशले सदाचारमा ५० भन्दा कम नम्बर ल्याएका छन्।
डेनमार्कले ८८ अंक ल्याएर सदाचारमा पहिलो र १० नम्बर लिएर सोमालिया सदाचारमा सबभन्दा कमजोर देखिएको छ।