डा शेखरले भने–’गिरिजाप्रसाद कोइरालाको अपमान भयो’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ २४, बिहिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २४,काठमाडौँ । नेपाली नेता शेखर कोइरालाले महासमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा संसद पुनःस्थापनाको प्रसंग उल्लेख समेत नभएकोमा गम्भिर आपत्ति जनाउँदै यसलाई पूर्वसभापति गिरिजाप्रसाद कोइरालाप्रतिकै अपमान भएको आरोप लगाएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा बिहीबार बोल्दै नेता कोइरालाले राजनीतिक प्रस्तावमा ०६३ को प्रतिनिधि सभा पुनःस्थापनाको प्रसंग कहि कतै उल्लेख नहुन दुःखद भएको र यसले यो मुद्दाको सुरुदेखि पैरवी गरेर अन्तिममा त्यो मुद्दा सार्थक बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका गिरिजाप्रसादप्रति अपमान गर्ने काम भएको बताए।

‘०६३ सालमा संसद पुनर्ःस्थापना नभएको भए मुलुकमा न गणतन्त्र नै आउॅथ्यो, न संघियता नै आउॅथ्यो। आज मुलुकमा प्राप्त सबै उपलब्धिहरू त्यही पुर्नस्थापित संसदकै जगमा भएको हो,’ कोइरालाले बैठकमा भनेको भनाई उद्रीत गर्दै एक नेताले भने।

महासमिति बैठकबाट सुझावसहित पारित भएको पार्टी विधान मस्यौदादेखि विभिन्न प्रस्तावमाथि छलफलका क्रममा नेता कोइरालाले ७७ वटै जिल्ला सभापति र अधिकांश महासमिति सदस्यहरूले दिएको सुझावहरु उक्त प्रस्तावहरुमा समेट्न जोड दिए।

उनले केन्द्रीय कार्यसमितिमा रहेका सबै पदाधिकारी तथा सदस्यहरु महाधिवेशन प्रतिनिधि बन्नका लागि बुथबाट निर्वाचित भएर आउने व्यवस्था विधानमा गर्न माग गर्दै उनले भने, ‘हामी केन्द्रिय समितिमा रहेकाहरूले आफ्नो अनूकूलता हेरि विधान र नियम बनाउॅदा बिधि र प्रक्रियामाथि बलमिच्यॉई भएको छ।’

त्यसैगरी उनले समावेश कोटाबाट केन्द्रीय कार्यसमितिमा निर्वाचित सदस्यहरुको हकमा एक पटकका लागि मात्रै लड्न पाउने व्यवस्था गरिनु पर्ने पनि सुझाव दिए।

एकै ब्यक्तिले पटक पटक समावेशी कोटाबाट चूनाव लड्दा नयॉ ब्यक्ति ले कसरी अवसर पाउन सक्छन् भनि प्रश्न समेत गरेका थिए।

नयाँ संविधान र त्यसले तय गरेको राज्य संरचना अन्तरगत अहिलेसम्म विधानको अभावमा प्रदेशदेखि स्थानीय तहसम्म पार्टी संरचना तयार हुन नसकेको अवस्थामा नेता कोइरालाले संशोधिन विधानको संक्रमणकालिन व्यवस्था अनुसार संरचना निर्माणमा जोड दिएका थिए।

विधानको दफा ७२ ९४० अनुसार तत्कालै प्रादेशिक, क्षेत्रिय, प्रदेश र स्थानिय तहमा स्तरिय संरचना गठन गर्न निर्वाचनको माध्यमबाट पार्टी अगाडि बढनु पर्नेमा उनको माग थियो।

‘तदर्थवादले अब संगठन चल्न सक्दैन। विधानले दिएको समय सीमाभित्रै २०७६ फागुनभित्रै १४औं महाधिवेशन सम्पन्न गरिनुपर्छ,’ उनले भने। यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि वर्तमान कार्यसमितिको चारवर्षे कार्यकाल आगामी ०७६ चैतमा सकिने भएपनि फागुन ७ गते महाधिवेशन उद्घाटन गर्न सुझाव राखेका थिए।

दुई तिहाईको आडमा सरकारले संसदबाट कम्युनिष्ट मैत्री एैनहरु ल्याइरहेको छ बताउँदै उनले त्यस्ता कार्यहरूको शसक्त बिरोध गर्नु पर्ने बताए।

अर्कोतर्फ समायोजनका नाममा अहिले लोकतन्त्र पक्षधर कर्मचारीहरूलाई दुःख दिने काम गरेको बताउँदै यसमा पार्टीको धारणा सार्बजनिक हुन जरुरी रहेको पनि बताए।

सरकार भ्रष्ट्राचारमा डूबेको छ भन्दै उनले वाईड बडी, बुढीगण्डकी, मेलम्ची जस्ता परियोजनामा भएको चरम भ्रष्ट्राचारका विषयमा पार्टीले सदनभित्र र बाहिर भण्डाफोर गर्दै यसबारे जनतालाई सचेत गराउन आवश्यक रहेको पनि उनले बताए।

पार्टी भातृ संगठन नेपाल विद्यार्थी संघको पदावधि सकिएर पटक पटक विधान विपरित म्याद थप्दा पनि त्यसले निर्धारित समयमा अधिवेशन गराउन नसकेको अवस्थामा नेता कोइरालाले वर्तमान कार्यसमिति भंग गर्न नहुने सुझाव दिएका थिए।

‘जतिबेला सुशीलदाले नेबिसंघ बिघटन गर्दै हुनुहुन्थ्यो त्यतिबेला पनि मैले निर्वाचित संस्थालाई भङ्ग गर्न हुँदैन भनेर भनेको थिएँ, अहिले पनि शीर्ष नेताहरू नेबिसंघ लगभग भङ्ग गर्ने मूडमा पुग्नुभएको छ। सभापतिजीले प्रधानमन्त्रीसॅग स्वबियू निर्वाचनका बारेमा कुरा गर्नुभएको छ भन्ने सूनियो तर, के कूरा भयोरु बाहिर केही जानकारी आएको छैन। स्वबियू निर्वाचनको मूखमा नेबिसंघ बिघटन गर्दा राम्रो सन्देश जॉदैन।,’ उनले भने।

ताजा अपडेट

खोजी गर्नुहोस