पूर्व उपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यमा उल्लेख्य सुधार

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ २८, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ २८,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनी उपचाररत ह्याम्स अस्पतालका अनुसार उनी अहिले सामान्य हिँडडुल गर्न सक्छन् ।

उनलाई भोलि नै आईसीयु (सघन उपचार कक्ष) बाट क्याबिनमा सारिन सक्ने उपचारमा संलग्न चिकित्सकले बताए । निमोनियाका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि अधिकारीलाई चार दिनअघि धुम्बाराहीस्थित ह्याम्स् अस्पताल भर्ना गरिएको थियो । यसअघि उनी गत माघ २ गते ललितपरस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए । तर, करिब एक महिना उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई ह्याम्समा ल्याइएको हो ।

अधिकारीको स्वास्थ्यमा पहिलेको तुलनामा निकै सुधार आएको उपचारमा संलग्न चिकित्सक डा. राजु पंगेंनीले बताए ।

‘अहिले राम्रो भएको छ । बाहिरबाट दिनुपर्ने अक्सिजनको मात्रा घटेको छ भने सामान्य हिँडडुल गर्न सक्ने अवस्थामा हुनुहुन्छ । भोलीसम्म पनि यस्तै सुधार भइरहे उहाँलाई क्याविनमा सार्नेछौ,’ उनले भने ।

 

पंगेनीका अनुसार अधिकारीलाई मुटु तथा फोक्सोमा जटिल समस्याका साथै न्युमोनिया भएको थियो । सुरुमा उनलाई सास फेर्न गाह्रो भएको थियो भने छाती तथा मुटुमा गम्भीर समस्या देखिएको थियो । त्यस्तै, मिर्गौलाले राम्ररी काम गरेको थिएन र फोक्सोमा पनि गम्भीर संक्रमण देखिएको थियो ।

 

अधिकारीको दमको समस्या वंशाणुगत नै भएको चिकित्सकहरुले बताएका छन् । उनका दाइ पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई पनि दमको समस्या थियो । त्यस्तै, परिवारका अन्य सदस्य यो समस्याबाट पिडित छन् । ह्याम्समा डा. अर्जुन कार्की, डा. मनबहादुर केसी लगायतले अधिकारीको स्वास्थोपचार गरिररहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस