सेना दिवस : टुंडिखेलमा विशेष कार्यक्रम गरी यसरी मनाईयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन २०, सोमबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

फागुन २०,काठमाडौँ । नेपाली सेनाले शिवरात्री तथा सेना दिवस विशेष कार्यक्रम गरी मनाएको छ ।

सेनाले सोमबार दिवसका अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सैनिक कवाज, हतियार तथा उपकरण प्रदर्शन, ब्याण्ड, विशेष फौज लगायतका प्रदर्शन गरिएको थियो ।

यस्तै सेनाले प्यारासुटका माध्यमबाट फ्रि फल जम्पको समेत प्रदर्शन गरेको छ । कार्यक्रममा ७ वटै प्रदेशको संस्कृतिलाई देखाउने झाँकी प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, उपसभामुख मन्त्रीहरु लगायतको सहभागिता रहेको थियो ।

दिवसका अवसरमा कला कौशलमा उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस