नेता पण्डितको निधनबाट नेकपा स्तब्ध

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन २३, बिहिबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

फागुन २३,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको असामयिक निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ ।

पार्टी महासचिव विष्णु पौडेलले जारी गरेको शोक सन्देशमा पञ्चायतकालमा नुवाकोट जिल्लामा कम्युनिष्ट आन्दोलन विस्तारका लागि पण्डितले निर्वाह गरेको भूमिका स्मरणीय रहेको बताउँदै पार्टीले कम्युनिस्ट आन्दोलनले एक समर्पित नेता गुमाएको उल्लेख गरेका छन ।

नेकपाले दिवङ्गत पण्डितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनकी जीवनसँगिनी सावित्री पण्डित, छोरा राजकुमार, किशोर र दिनेश तथा छोरी कल्पना, सफला र सुलोचनासहित शोककुल परिवारजन र आफन्तहरुप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

विसं २०४८ को आमनिर्वाचनमा नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनी असल शिक्षक र सङ्गठकका रूपमा परिचित रहेका थिए । बहत्तर वर्षको उमेरमा यही फागुन २१ गते उनको हृदयघातबाट निधन भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस