असन्तुष्ट प्रचण्ड: सरकार प्रति उनको धारण के ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन २४, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुन २४, काठमाडौँ । नेपाल कम्ष्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगत केही दिनयता सरकारको कामकारबाहीको निराशाजनक अधिव्यक्ति दिइरहेका छन् ।

पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपली समृद्ध मुलुक’ नारा बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष दाहालले भने सरकारका कामको समीक्षा गर्ने बेला भएको अभिव्यक्ति दिएका छन् ।

ओली नेतृत्वमा सरकार गठन भएको एक वर्षमात्र बिते पनि दाहालले सरकारको कामप्रति सन्तोष गर्ने ठाउँ नभएको संकेत गरेका छन् । पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्रीसहित हेलिकोप्टर दुर्घटना ज्यान गुमाएकाको स्मृतिमा पार्टीले बिहीबार आयोजना गरेको श्रद्धाञ्जली सभामा पनि अध्यक्ष दाहालले सरकारको एक वर्षको समीक्षा गर्नु पर्ने दोहोर्याए ।

ताजा अपडेट

खोजी गर्नुहोस