फोरमले भन्यो-‘राजनीतिक समस्याको समाधान राजनीतिकतवरबाट गरिनुपर्दछ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन २५, शनिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुन २५,काठमाडौँ । संघीय समाजवादी फोरम नेपालले राजनीतिक समस्याको समाधान राजनीतिकतवरबाट गरिनुपर्ने बताएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा आदिवासी जनजाति, मधेशी, थारु लगायतका समुदायहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

नेपाली समाजमा शताब्दियौँ देखि कायम रहेका जातीय, भाषिक, धार्मिक, लैङ्गिक, क्षेत्रीय र वर्गीय असमानता, शोषण,उत्पीडन र विभेदलाई अन्त्य गरी समानता, सामाजिक न्याय, समावेशीलोकतान्त्रिक प्रणाली, आ–आफ्नो जातीय/राष्ट्रिय पहिचानको मान्यता सहितको संघीय शासनप्रणालीको स्थापनका लागि भइरहेको संघर्ष, आन्दोलनहरू पूर्णरुपले मुलुकको राष्ट्रिय राजनीतिक आन्दोलनहरू हुन । यसको समाधान कानूनी रुपले नहुने भएको हुँदा राजनीतिक रुपले नै गरिनु पर्दछ ।

पश्चिम तराई/मधेशमाभईरहेको थरुहटआन्दोलनपनि राजनीतिकआन्दोलनकै एउटा हिस्सा भएकोले यसको समाधान पनि राजनीतिक रुपले नै हुनु पर्नेमा हालै माननीय रेशम चौधरी लगायतहरूमाथि सम्मानित कैलाली जिल्लाअदालतको फैसलामा उक्त आन्दोलनलाई अपराधीक कार्य भनि गरिएको प्रति ध्यानाकर्षण भएको जारी विज्ञप्ति मार्फत जनाएको छ ।

यसबाट समस्याको समाधान नभई झन्जटिलता उत्पन्न हुने हुँदा नेपाल सरकारले उक्त राजनीतिक समस्याको समाधान कानूनी हैन राजनीतिक तवरबाट नै हल गरी समस्याको दीर्घकालिन समाधान गरिनु पर्ने जारी विज्ञप्तिमा उल्लेख छ  ।

ताजा अपडेट

खोजी गर्नुहोस