सरकार–राउत सहमतीपत्र सच्याउन कांग्रेस नेता कोईरालाको माग

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन २७, सोमबार (६ साल अघि)
  • ५६ पटक पढिएको
Post Thumbnail

फागुन २७,पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्या डा.शेखर कोइरालाले सिके राउतसँग सरकारले गरेको सहमतिमै खोट रहेको बताएका छन् । विद्रोही समूहलाई मूलधारको राजनीतिमा ल्याउन सरकारको सही कदम भएपनि सहमतिपत्रमा उल्लेखित भाषा आपत्तिजनक रहेको नेता कोइरालाले बताए ।

दोस्रो बुँदामा प्रयुक्त भाषा जनअभिमत भन्ने शब्दमा सहमति गरिनु राष्ट्रिय स्वाधिनता र अखण्डताको विपक्षमा रहेको नेता डा.कोइरालाको भनाइ छ ।

नेता डा.कोइराला भन्छन्– ‘सहमतिपत्रमा दुवै पक्षको नियतमा खोट देखिन्छ ।’ सरकार र सिके राउत दुवैको नियतलाई नेपाली जनताले स्वीकार्न नसक्ने डा.कोइरालाले बताए । विशेषगरी सहमतिपत्रमा मसी सुक्न नपाउँदै जनकपुरमा सिके राउत समूहले गरेको प्रदर्शन आपत्ति जनक रहेको नेता कोइरालाको भनाइ छ ।

सिके राउतसँग भएको सहमति र प्रयुक्त भाषाले गम्भीर मात्रै नभई झस्काएको समेत नेता डा. कोइरालाले बताए । दुवै पक्षबाट अविलम्ब सहमतिपत्रबारे सच्याई सार्वजनिक गर्न समेत माग गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस