राउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छ: डा भट्टराई

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन २८, मंगलबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फागुन २८, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताएका छन् ।

राजविराज विमानस्थलमा सोमबार पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताए ।

उनले जनकपुरमा राउतको सङ्गठनले सहमतिपछि गरेको गतिविधिले शङ्का गर्ने ठाउँ रहेको उल्लेख गरे ।

संविधानअनुसार स्वाधीनता, राष्ट्रिय अखण्डता र जनतामा निहीत सार्वभौमसत्तााई परिवर्तन गर्न नसकिने बताउँदै उनले भने, ‘‘यसमा जनमत सङ्ग्रह हुन सक्दैन ।’’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस