फागुन २८, काठमाडौँ । नेकपा नेतृत्वको सरकारले एक वर्षमा गरेका कामप्रति असन्तुष्टि व्यत्ति गर्दै सत्तापक्षकै नेताहरु प्रतिपक्षीको भूमिकामा देखिएका छन्।
सत्तपक्षका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई यस्तो भूमिकामा देखिएका छन्।
पार्टी स्थायी कमिटी सदस्य रावलले युनिभर्सल पिस फेडरेशन (युपिएस) को आयोजनामा सम्पन्न एसिया प्यासिफिक समिटमा सरकार र पार्टी नेताहरुको सहभागिताप्रति असन्तुष्टि प्रकट गरेका थिए।
पार्टी स्थायी कमिटी सदस्य भट्टराई दिगम्बर झाको नियुक्ति, मुस्लिम आयोगका अध्यक्षमा प्रस्थावित समीम मियाँ अन्सारी नियुक्ति प्रकरणप्रति असन्तुष्टि देखिएका छन्।
स्थायी समिति सदस्य भुसाल त झन् पार्टीभित्रका स्थायी प्रतिपक्षी जस्तै हुन्। उनले गत पुसमा सम्पन्न स्थायी कमिटीको बैठकमा सरकार र पार्टी नेतृत्वको सबैभन्दा वढी आलोचना गरेका थिए।
धेरै नबोले पनि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पार्टीका खास बैठकमा सरकारका काम कारबाही र पार्टी नेतृत्वको आलोचना गर्छन्।