चैत ५, काठमाडौँ । ललितपुरको नख्खुमा भएको विस्फोटमा ‘नियो जेल नाइन्टी’ प्रयोग गरेको पाइएको छ।
यस्तो टाइम बम (टाइम डिभाइस) अत्यधिक क्षमताको र खतरनाक मानिन्छ।
गत फागुन १० मा नख्खुमा भएको विस्फोटमा एक जनाको ज्यान गएको थियो।
नियो जेल नाइन्टी एमुनियम नाइट्रेटबाट बनेको विस्फोटक पदार्थ हो। यस्तो विस्फोटक पदार्थ नेपाल र भारतमा सुरक्षा निकायको सिफारिसबिना खरिदबिक्री गर्न पाइँदैन।
सुरक्षा निकायका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ताले डेटोनेटरलगायतका आवश्यक सामग्री प्रयोग गरी नख्खुमा विस्फोट गराएका थिए।