खुम्चँदै विप्लब समुह, अधिकांश नेता सत्तारुढ नेकपाका प्रवेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २३, शनिबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

चैत २३, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संंगाठनिक संरचना खुम्चिदै गएको छ । दुई वर्षअघि थवाङ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिका झन्डै दुई दर्जन नेता केन्द्रीय समितिमा छैनन् । दर्जन नेता सत्तारुढ नेकपामा छिरिसकेका छन् भने केही निष्कृय छन् ।

महासचिव विप्लव र नेता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) बीच अन्तरविरोध बड्दो छ । विप्लवका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएपछि चार नेता प्रहरी हिरासतमा छन् ।

२०७३ फागुनमा रोल्पामा भएको आठौँ महाधिवेशनले पार्टीको नाम फेरेर नेकपा मात्रै राखेन, ६१ सदस्यीय केन्द्रीय समिति पनि बनायो । तर दुई वर्ष नबित्दै केन्द्रीय समितिमा ४१ जना मा आइपुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस