चैत २६, काठमाडौँ । सूचना तथा संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनको विषयमा बोल्दै सधैं नक्कली कागज बुझाएर मिडिया नचल्ने बताएका छन्।
नेपाल पत्रकार महासंघले मंगलबार संचारग्राममा गरेको ‘पत्रकारितामा श्रम सवाल’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री बास्कोटाले श्रमजीवी पत्रकारलाई न्याय हुनैपर्ने बताए।
‘ठूल–ठूला मिडिया ग्रुप संचालन गर्ने, चार–पाँच संञ्चार माध्यम पनि चलाउने अनि पत्रकारलाई तलब दिनुपर्छ भन्दा न्याय चाइयो भन्ने ?’, मिडियाप्रति प्रश्न गर्दै बास्कोटाले भने, ‘सरकारले निर्णय गरिसकेको छ। यसमा भन्नु केही छैन।’
पारिश्रमीकको विषयमा सरकारले गरिसकेको निर्णयमाा तलमाथि नहुने उनले प्रष्ट पारे। ‘नाङ्लो ठटाएर हात्ती तर्सिंदैन’, मन्त्री बास्कोटाले भने, ‘गलत काम गरिएको छैन, सरकारले घोषणा गरिसकेको छ। यसमा वार्ताको कुनै जरुरत पनि छैन।’