प्रमुख दलमा भुमरी : नेकपामा नेतैपिच्छे गुट, भागबन्डाले कांग्रेस अलपत्र !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २७, बुधबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र २७,काठमाडौँ । सत्तारुढ दल नेकपाको आन्तरिक संरचना र गतिविधि लथालिंग बनेको छ । गत जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको थियो ।

भातृ संगठनलगायत तल्ला तहसम्म एकीकरण टुंगो नलाग्दा पार्टी चलायमान हुन सकेको छैन । तल्लो तहसम्म एकता नटुंग्याउने हो भने पार्टी झन् लगालिंग हुने केन्द्रीय नेताहरु बताउँछन् । पार्टीभित्र नेतैपिच्छेका गुट र आगामी अधिवेशन लक्षित स्वार्थ हाबी भएकाले तल्लो तहसम्म एकता हुन नसकेको हो ।
स्थानीय तहदेखी केन्द्रसम्म आफ्नो बलियो पकड रहेको बेला नेकपा आफ्नै पार्टीभित्रको समस्या मिलाउन नसक्ने अवस्थामा आईपुगेको छ । पार्टी एकतापछि गुटको खेती बाक्लिदै गएको भन्दै कार्यकर्तामा तिव्र असन्तुष्टि रहेको छ ।

कांग्रेसमा पनि उस्तै

प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्तरिक विवादमा रुमल्लिएको छ । सत्तासिन पार्टी नेकपाको नेतृत्वमा बनेको दुई तिहाई सरकारको कामका विषयमा रचनात्मक प्रतिपक्षी भुमिका निर्वा गर्नुपर्ने कांग्रेस आफ्नै भित्र हराएको छ । पार्टीभित्र संसद्मा सबल प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेको बेला नेताहरु कलहमै व्यस्त छन् । यतिबेला कांग्रेसभित्र झण्डै आधा दर्जन गुट आफ्नो पल्लाभारी बनाउन लागेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस