महासचिव पौडेलले दावी: जग्गा हिनामिनामा मेरो कुनै संलग्नता छैन (विज्ञप्तीसहित)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र २७, बुधबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत २७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बालुवाटारस्थित ललितानिवास परिसरको जग्गा खरीदबिक्रीमा आफ्नो नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको स्पष्ट पारेका छन् ।उनले प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई

बुधवार एक वक्तव्य जारी गर्दै पौडेलले उक्त जग्गाबारे कतिपय सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित/प्रसारित समाचारप्रति ध्यानाकर्षण जनाएका हुन् ।

‘समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु,’ पौडेलले वक्तव्यमा भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस