विप्लवप्रति सरकार कडा, जाजरकोटबाट डोल्पा इञ्चार्ज पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २८, बिहिबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

चैत २८, जाजरकोट । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता वीरबहादुर खड्का (क्षितिज)लाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएका प्रहरीले प्रक्राउ गरेका छन् ।

जाजरकोट सदरमुकाम खलंगाको थाप्ले बजारमा होटल व्यवसाय गर्दे आएका खड्कालाई बुधबार साँझ पक्राउ गरिएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए । विप्लव नेतृत्वको डोल्पा जिल्ला इञ्चार्ज रहेका खड्कालाई थाप्लेमा रहेको उनकै घरबाट पक्राउ गरिएको हो ।

खड्कालाई खलंगामा वसेर सरकारविरोधि गतिविधि गरेको आरोपमा पक्राउ गरिएको जाजरकोट प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस