समय कम छ छिटो दौडिनुको विकल्प छैन: प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख १, आईतबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख १, प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र अतिवादबाट देशलाई मुक्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट नयाँ वर्षको अवसरमा देशवासीलाई शुभकामना दिदै उनले अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य नहुने बताए ।

विकास र समृद्धिको बाटोमा आफूहरुसँग समय छोटो रहेको हुँदा विकास र समृद्धि हासिल गर्न छिटो दौडनुको अर्को विकल्प नभएको बताए ।

२०७५ मा धेरै ऐन, कानुनहरु बनेको र ती ऐन कानुनहरु विकास र समृद्धिकै मार्ग भएकाले त्यसै मार्गबाट तिब्र गतिमा विकास र समृद्धि हासिल गर्ने बताए । सम्बोधनको क्रममा उनले सरकारका उपलब्धिको चर्चा पनि गरे ।

प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई उनले उपलब्धिको रुपमा व्याख्या गर्नुभयो । नेपाली इमान भएको जाति हो भन्दै उनले भ्रष्ट र अनैतिक मान्छे नेपाली हुनै नसक्ने भएकाले अहिले देखिएको भ्रष्टाचार नियन्त्रणमा सरकार लागेको पनि प्रष्ट पारे ।

विभिन्न जालझेल गरेर माफियाहरुले कब्जा गरेका सरकारी जग्गाहरु फिर्ता गराउने अभियान सुरु भइसकेकाले अब सरकारी सम्पत्ति कुनै पनि हालतमा दूरुपयोग हुन नदिने प्रतिबद्धता पनि जनाए।

अब देशलाई अति कम विकसित मुलुकबाट विकसित मुलुकको रुपमा अघि बढाउन सरकार लागिरहेकाले त्यसमा सबैको साथ र सहकार्य जरुरी रहेको पनि उन्ले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस